विराटनगर । भान्साको स्वाद बसाउने एकारस मसलाका कुनै पनि उत्पादन किन्दा २५ प्रतिशतभन्दा बढि छुट पाइनेछ ।
विराटनगरमा भइरहेको मोरङ व्यापार संघ एक्स्पो–२०२३ अवधिभर एकारस मसलाका कुनै पनि उत्पादन किन्दा यस्तो छुट पाइने जनाइएको छ ।
एकारस मसला विराटनगरकै उत्पादन हो । विराटनगर–३ मा सरस्वती स्पाइसेज एण्ड फुड्स प्रोडक्टसले सब्जी र मिट मसलाबाट सुरु गरेको उद्योगले अहिले त्यस बाहेक चिया मसला, चाट मसला, चिकेन मसला, चाउमिन मसला, चटपटे मसला, गरम मसला, मम मसला, पानीपुरी मसला सहित १० प्रकारका मसला उत्पादन गर्दै आइरहेको छ ।
राजेश तिम्सिना, भीम भट्टराई र लक्ष्मीप्रसाद मिश्रले २०६८ सालमा यो उद्योग सुरु गरेका हुन् । उद्योगले हाल मसला बाहेक दालमोठ, भुजिया, सोयविन, मरिच धुलो, खोर्सानी धुलो, बेसार, फुरनदानासमेत उत्पादन गर्दै आएको उद्योगका सञ्चालक लक्ष्मीप्रसाद मिश्रले जानकारी दिए ।
पहिले कामदारहरुको हातको माध्यमबाट स्थानीय उत्पादनका रुपमा सुरु गरेको उद्योगले प्याकेजिङ मेसिनहरुको प्रयोग गर्दै आएको जनाइएको छ ।
उनले एकारस ब्राण्डको मसला र अन्य जुनसुकै उत्पादनमा कुनै पनि अखाद्य वस्तुको मिश्रण नरहेकोले बजारमा लोकप्रियता हासिल गरेको बताए ।
एक्स्पोमा जुनसुकै उत्पादन किन्दा न्यूनतम् २५ प्रतिशत छुट पाइने स्टल प्रतिनिधि मीनाकुमारी निरौलाले जानकारी दिइन् ।
घरायसी हिसावले उत्पादन गरिने भएकोले स्वाद निर्माणमा एकारस मसला उत्कृष्ट रहेको उनले सुनाइन् ।
एक्स्पोको स्टलबाट ५०० रुपैयाँ बढीका कुनै पनि उत्पादन किन्दा थप उपहारहरु पनि पाइने जनाइएको छ ।
View : 206
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved