Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

प्रेस युनियन कोशीले प्रशिक्षण सञ्चालन गर्ने

उद्घोष सम्वाददाता
१५ पुष २०८०, आइतवार

विराटनगर । नेपाल प्रेस कोशी प्रदेश समितिले १४ वटै जिल्लामा पत्रकारको क्षमता विकासका लागि प्रशिक्षण सञ्चालन गर्ने भएको छ । 

शनिबार विराटनगरमा बसेको बैठकले पत्रकारहरूको विधागत क्षमता विकासका लागि केन्द्रसाग समन्वय गरी जिल्ला शाखाहरूमार्फत १४ वटै जिल्लामा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको हो ।

पछिल्लो समय पत्रकारिता विधागत रुपमा अगाडि बढिरहेकाले सोहीअनुसार पत्रकारहरूको पनि क्षमता विकास गर्नु जरुरी देखेर प्रदेशका सबै जिल्लामा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरिएको अध्यक्ष मिनकुमार नवोदितले जानकारी दिए । 

युनियनका सचिव विनय बाह्रकोटीका अनुसार नयाँवर्ष २०८१ का अवसरमा भित्तेपात्रो (क्यालेण्डर) प्रकाशनका लागि कोषाध्यक्ष कविराज घिमिरेको संयोजकत्वमा आशीष यादव र चुमन बस्नेत सदस्य रहनेगरी प्रकाशन समितिसमेत गठन गरेको छ ।

बैठकले नेपाल प्रेस युनियनमा आबद्ध जिल्ला तथा प्रदेश शाखाका गतिविधि समेटिएको स्मारिका २०८२ सालभित्र प्रकाशन गर्ने गरी अध्यक्ष नवोदितको संयोजकत्वमा ज्ञानेन्द्र निरौला, संजीव वाग्ले, सरला रेग्मी, सुजन ब्रजाचार्य र नरेन्द्र राई सदस्य रहेको समिति गठन गरेको छ ।

पछिल्लो समय श्रमजीवी पत्रकारको श्रमशोषण तथा जागिरबाट निकाल्ने गतिविधि भइरहेको प्रति युनियनको बैठकले खेद व्यक्त गरेको सचिव बाह्रकोटीले जानकारी दिए ।
 

View : 145

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved