Biratnagar, Morang, Nepal
२० चैत २०८१, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेश सरकारद्वारा प्रदेश सभाको चालु अधिवेशन अन्त्य

उद्‌घोष सम्वाददाता
७ चैत २०८१, बिहिवार

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश सभाको चालु छैठौं अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । 

बिहीबार विहान बसेको मन्त्रिपरिषद् बैठकले बिहीबार राति १२ बजेबाट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीले बताए । 

मन्त्री भण्डारीका अनुसार मन्त्रिपरिषद् बैठकले कोशी प्रदेश जनस्वास्थ्य नियमावली २०८१ समेत स्वीकृति गर्ने निर्णय गरेको छ । 

सरकारले समस्याग्रस्त सहकारी संस्था वा संघ व्यवस्थापन समितिको सदस्य सचिवमा चन्द्रबहादुर कार्कीलाई तोक्ने निर्णय गरिएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका लागि १ करोड २८ लाख ६० हजार रकम बाँडफाड गर्न स्वीकृत प्रदान प्रदान गरिएको मन्त्री भण्डारीले बताए । 

मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारबाट स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको लागि अनुमानित सीमा १ अर्ब ५० करोड तथा राजस्व बाँडफाँडको अनुमान सीमा १ अर्ब १० करोड रुपैयाँ स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले उच्च तथा जिल्ला अदालत सुदृढीकरणका लागि १ करोड ५० लाख रुपैयाँ बाँडफाड गर्न स्वीकृत प्रदान गरेको छ । 

त्यस्तै राजनीतिक तथा प्रशासन समितिबाट परिमार्जित आर्थिक मामिला तथा योजना मन्त्रालय र मातहतका कार्यालयको संगठन संरचना तथा दरबन्दीको तेरिज २०८१ पनि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।

View : 261

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved