विराटनगर । नेपाल मुद्रण व्यवसायी महासंघ कोशी प्रदेश अध्यक्ष लव घिमिरेलाई मातृशोक परेको छ ।
अध्यक्ष घिमिरेकी आमा धनकुमारी घिमिरेको ९१ वर्षको उमेरमा बिहीबार साँझ निधन भएको छ ।
विभिन्न रोगबाट ग्रसित घिमिरेको विराटनगर–१० तिनटोलिया शान्तिचोकस्थित आफ्नै निवासमा निधन भएको हो ।
परिवारमा घिमिरेका चार छोरी र एक छोरा छन् ।
घिमिरेको बिहीबार साँझ नै विराटनगर हाटखोलास्थित परमविश्रान्ति घाटमा अन्तिम संस्कारको तयारी गरिएको नाति गोकुल कार्कीले जनाएका छन् ।
View : 197
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved