Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

झुम्का कारागारबाट भागेका चोरी मुद्दाका कैदी मोटरसाइकल चाेरीमा संलग्न, प्रहरीले सार्वजनिक गर्यो कृतिम फोटो

उद्‌घोष संवाददाता
३१ असोज २०८२, शुक्रवार

विराटनगर । जेनजी आन्दोलनका क्रममा जेलबाट भागेका मानिसलाई फिर्ता आउने सरकारले दिएको अन्तिम चेतावनीका बाबाजुद पक्राउ परेका मानिसको बास्तविक तस्वीर नै प्रहरीले गोप्य राखेको पाइएको छ ।

जेलबाट भागेका मानिसको चित्रसहित सार्वजनिक गरिरहेको प्रहरीका हकमा मोरङमा भनें भिन्न तस्वीर बाहिर ल्याएको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङले जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका दुईजना कैदीलाई पक्राउ गरेको प्रतिकात्मक तस्वीर मात्रै सार्वजनिक गरेर बास्तविकता बाहिर नल्याई लुकाएको पाइएको छ ।

पक्राउ परेका मध्ये एकजना सुनसरीको झुम्का कारागारबाट र अर्का व्यक्ति जिल्ला कारागार सिन्धुलीबाट भदौ २४ मा भागेका थिए । 

झुम्का कारागारबाट भागेका सुनसरीको इटहरी–२ का २९ वर्षीय अभिषेक जैसवाल चोरी मुद्दामा कैद भुक्तान गरिरहेका थिए । उनी कारागारबाट भागेपछि खोजीको सूचीमा थिए । 

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा को ३८ प ४९७२ नम्बरको स्कुटरमा सवार जैसवाललाई कागजपत्र बिना भेटेपछि सोधपुछका क्रममा उनी कारागारबाट भागेका कैदी भएको पत्ता लगेको हो । 

प्रहरीले उनले चढेको उक्त स्कुटर पनि विराटनगर–१ बाट चोरेरै ल्याएको खुलेको छ ।

‘सोधपुछको क्रममा खुल्न आए अनुसार निज जैसवाल चोरी मुद्दामा झुम्का कारगारमा थुनामा रहेको र भदौ २४ को आन्दोलनका क्रममा कारागारबाट भागी फरार रहेको व्यक्ति भएको पाइयो’ जिल्ला प्रहरी प्रवक्ता कोपिला चुडालले भनिन्, ‘इप्रका रानीको टोलीले बाटोमा जाँचका क्रममा उनले चढेको स्कुटरको कागजपत्र नभेटेपछि सोधपुछ गर्ने क्रममा स्कुटर चोरेर भाग्दै गरेको फेला परेको हो ।’ 

जैसवाललाई चोरी गरेर ल्याएको मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाइएको छ । 

त्यसैगरी जिल्ला कारागार कार्यालय सिन्धुलीबाट जबरजस्ती करणी मुद्दामा ८ बर्ष ६ महिना कैद सजाय भुक्तान गरिरहेका मोरङको धनपालथान गाउँपालिका–३ सोराभागका ३९ वर्षीय उपेन मण्डलसमेत पक्राउ परेका छन् । 

इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मण्डललाई बिहीबार उनकै घरबाट नियन्त्रणमा लिएको जनाइएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा पठाउन आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरी प्र्रवक्ता चुडालले बताइन् ।

देशभरको जेलबाट भागेका मध्ये पक्राउ गर्न बाँकी साढे ५ हजार कैदीबन्दीको खोजीमा रहेको प्रहरीले पक्राउ परेका ब्यक्तिको बिवरण सर्वाजनिक गर्दै आएको अवस्थामा जैसवाल र मण्डल पक्राउ गर्न सफल मोरङ प्रहरीले पक्राउपछि उनीहरुको प्रतिकात्मक फोटो मात्रै सार्वजनिक गरेको छ ।

जेलबाटै फरार भएका ब्यक्तिको फोटो सार्वजनिक नगरिएको विषयमा चुडालले अनुसन्धान र आवश्यक्ता अनुसार सार्वजनिक गरिने बताइन् । 

कारागारबाट भागेका मानिसलाई सरकारले तोकेको समयमा नआए दोबर कारवाहीको चेतावनी दिएको पनि अवधि पूरा भएको छ । यस्ता ब्यक्ति पक्राउ गरिदा पनि प्रहरी उनीहरुको फोटो सार्वजनिक गर्नबाट डराउँछ ।

नेपाल प्रहरीको प्रवक्ता तथा नायव महानिरीक्षक बिनोद घिमिरे मानव अधिकारका कारण देखाउँदै पक्राउ परेका ब्यक्तिका फोटो सार्वजनिक गर्न नसकिने बताउँछन् । 

‘पक्राउ गर्नुपर्नेको फोटो सार्वजनिक गर्न मिल्यो, फक्राउ गरेकाको मिलेन’ घिमिरेले भने । पक्राउ परिसकेका ब्यक्ति जेलबाट भागेको भए पनि फोटो सार्वजनिक गर्न नहुने उनको ब्यावसायीक तर्क छ ।

तर, नेपाल प्रहरीले यस्ता घटनामा मानव अधिकारको अवस्थालाई हेर्न गरेको पुरानो अभिलेख पाइदैन । 

अपराध प्रमाणित भए वा नभए पनि जेलबाट भागेको ब्यक्ति थप अपराधको कसुरदार भएको अवस्थामा प्रहरीले उनीहरुको गोपनियतालाई ख्याल गर्ने गरेको थिएन ।

नेपाल प्रहरीबाट हालै अवकास पाएका अतिरिक्त प्रहरी महानिरीक्षक लालमणि आचार्यले अदालतको आदेश वा फैसलाबाट कैदी वा बन्दी साबित भएर जेलमा रहेको ब्यक्ति फरार हुनु र पक्राउ पर्दा उनीहरुको फोटो सार्वजनिक गर्न प्रहरीले हिचकिचाउनु पर्ने अवस्था नरहेको बताए । 

‘पक्राउ परेका ब्यक्तिलाई मास्क लगाएर पनि फोटो सार्वजनिक गर्न सकिन्छ’ आचार्यले भने ।

View : 343

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved