Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

जेष्ठ नागरिकलाई सम्मान

उद्‌घोष संवाददाता
१६ भदौ २०८१, आइतवार

Advertisement

सुन्दरहरैंचा । सुन्दरहरैंचा–७ स्थित गोठगाउँमा तीज तथा कुशे औंसीको अवसर पारेर सामाजिक मिलन केन्द्रले जेष्ठ नागरिकलाइ सम्मान गरेको छ ।

पूर्व प्रदेश सांसद तथा समाजसेवी लोकप्रसाद संग्रौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका सबैभन्दा जेष्ठ  नागरिक ९३ बर्षीय पण्डित सूर्यप्रसाद दाहाल लगायत ८० बर्ष माथिका २१ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको संस्थाका सल्लाहकार सदस्य हरि बस्नेतले जानकारी दिए ।

यसैगरी कार्यक्रममा नन्दकुमार माझी खवासलाई आदिवासी जनजातिको तर्फबाट संस्थाको पहिलो आजीवन सदस्य भएको भनी सम्मान गरिएको थियो ।

कार्यक्रममा पूर्व नगर प्रमुख शिवप्रसाद ढकाल, समाजसेवी कृष्णबहादुर भट्टराई, भक्तिप्रसाद सिटौला, रञ्जन ओझा, संस्थाकी कोषाध्यक्ष  मीना ओझालगायतले बोलेका थिए ।

View : 321

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved