विराटनगर । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । अभियानको पहिलो दिन विराटनगरमा सोमबार विहान भव्य र्यालीको आयोजना गरिएको हो ।
विराटनगर महानगरपालिकाको अगुवाईमा विराटनगरका सामाजिक संघसंस्था, पेशागत संघ संगठन, स्वास्थ्यकर्मी, विद्यार्थी, कर्मचारी समेतको सहभागितामा र्याली निकालिएको जनाइएको छ ।
विराटनगर महानगरपालिकाको परिसरबाट निकालिएको उक्त र्यालीले नगर परिक्रममा गरेको हो ।
र्याली महानगरपालिकाका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की लगायतको उपस्थिति रहेको थियो ।
View : 5478
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved