विराटनगर । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आगामी माघमा सुरु हुने टी–२० विश्वकप अघि आयोजना गरिने ‘ट्रफी टुर’ कार्यक्रममा नेपाललाई समावेश गरेको छ । यसैअन्तर्गत प्रतिष्ठित विश्वकप ट्रफी नेपाल पनि घुमाइने भएको छ ।
भारत र श्रीलंकामा माघ २४ देखि फागुन २४ सम्म आयोजना हुने ठूलो टूर्नामेन्ट अघि ट्रफीलाई विभिन्न देशहरूमा प्रदर्शन गरिनेछ ।
आईसीसीका अनुसार यस टुरमा आयोजक देश भारत र श्रीलंकास“गै नेपाल, कतार, ओमान, बहराइन र मंगोलिया समावेश छन् ।
यो टी–२० विश्वकप नेपाली क्रिकेट टोलीको लागि तेस्रो संस्करण हो । टोलीले कठिन मानिएको समूह ‘सी’ मा दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, बंगलादेश र इटालीस“ग प्रतिस्पर्धा गर्नेछ । नेपालले इङ्ल्यान्ड र इटालीविरुद्ध पहिलोपटक आमने–सामने हुनेछ ।
नेपालले समूह चरणका सबै खेल भारतको मुम्बई सहरमा खेल्नेछ । ट्रफी टुरको मार्फत नेपाली क्रिकेट प्रेमीहरूलाई विश्वकपको प्रतिष्ठित सम्मान नजिकबाट हेर्ने अवसर प्राप्त हुनेछ ।
View : 188
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved