Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

शेयर बजारमा भारी बढोत्तरी

नेप्से २३ को विन्दु पार, नौ अर्ब पनि नाघ्यो कारोबार

उद्‌घोष संवाददाता
१ साउन २०८१, मङ्गलवार

काठमाडौं। साताको तेस्रो दिन शेयर बजारमा अस्वाभाविक उछाल छ। नेप्से ७०.१८ को अंकले बढेर २३१०.५९ को विन्दुमा पुगेको छ। कारोबार रकम बढ्दै नौ अर्ब नाघेको छ। 

मंगलबार २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ९ अर्ब १३ करोड ८६ लाख २९ हजार ६४२ रुपैयाँ भएको छ। १३ उपसमूहमा म्युचुअल फण्डबाहेक सबै बढ्दा परिसूचकसँगै कारोबार रकम बढेको हो। 

जलविद्युत उपसमूह सर्वाधिक ५.४५ प्रतिशतले बढेको छ। विकास बैंक ४.९४, होटल तथा पर्यटन ३.६३, लगानी ३.०६, जीवन बीमा २.९६, व्यापार २.८८, वाणिज्य बैंक २.७५, लघुवित्त २.३० प्रतिशतले बढेको छ।

२३४ कम्पनीको शेयरमूल्य बढ्दा ५ कम्पनीमा पोजेटिभ सर्किट लगेको छ। सिन्धु विकास बैंक, वरुण हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य बढेर सर्किट लागेको हो। 

सिक्लेस हाइड्रोपावर, सिंगटी हाइड्रोपावर, रिडी पावर, अरुण भ्याली हाइड्रोपावर, इङवा हाइड्रोपावर, अपि पावर, अरुण काबेली पावर, अपर सोलु, हिमालयन ऊर्जा विकास कम्पनी, मध्य सोलु, पञ्चकन्यामाई हाइड्रोपावर लगायत कम्पनीका शेयरमूल्य पनि बढेर ९ प्रतिशतभन्दा माथि पुगेको छ।

बढेको बजारमा नोक्सानमा पर्नेहरु डिबेञ्चर खरिदकर्ता र सामूहिक लगानी कोषका शेयरधनी छन्। यस्ता ८ कम्पनीको शेयरमूल्य घट्दा नेपाल इन्भेष्टमेन्ट डिबेञ्चर २०८२, एनआइबीएल ग्रोथ पण्ड, ११ प्रतिशत एलबीबीएल डिबेञ्चर २०८९ लगायतका तीन कम्पनीको शेयरमूल्यमा नेगेटिभ सर्किट लगेको छ।

सर्वाधिक शेयर किनबेच भएको कम्पनीमा ज्ञादी ग्रुप अफ पावर परेको छ। उक्त कम्पनीको २१ करोड ७७ लाख ४९ हजारको शेयर कारोबार भएको छ। यस्तै एनआरएन इन्फ्रास्ट्रक्चरको १८ करोड २७ लाख ४८ हजार, अपी पावरको १७ करोड ९३ लाख ६७ हजार, जानकि फाइनान्सको १७ करोड १७ लाख ९२ हजार र अरुणभ्याली हाइड्रोपावरको १६ करोड ७५ लाख ८८ हजार रुपैयाँको शेयर कारोबार भएको छ।

View : 404

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved