विराटनगर । विराटनगरको हिमालय रोडमा यस बर्ष पनि सडक महोत्सव लाग्ने भएको छ । चार वर्षदेखि हिमालय रोडमा यो महोत्सव लाग्दै आएको छ ।
मन्जिना मूभिज क्रिएशन प्रालिको आयोजनामा विभिन्न जातजातिको खाना, भाषा र संस्कृति संरक्षणका लागि सडक महोत्सव आयोजना हुँदै आएको हो । उक्त प्रालिका अध्यक्ष जतिन ताम्रकारले वडा दशैंलाई लक्षित गर्दै यस वर्षपनि महोत्सव आयोजना गरिएको जानकरी दिए ।
महोत्सव असोज २३ गतेदेखि सात दिन लाग्ने जनाइएको छ । महोत्सवमा ३० जातजातिका खानाका स्टलहरुका साथै स्वदेशी उत्पादनका स्टलहरु पनि रहने ताम्रकारले बताए । महोत्सवलाई आषर्कण दिन हरेक साँझ कलाकारहरुको प्रस्तुति रहने जानकारी दिए ।
महोत्सव निशुल्क हुने जनाइएको छ । हालसम्म १७ वटा स्टलहरु बुक भइसकेको उनले बताए । करीव १७ लाख रुपैयाँको लगानीमा सडक महोत्सव आयोजना गरिएको बताए । उनले महोत्सवलाई हिमालय रोडबाट हुँदै आएको सवारी आवागमनमा असर नपर्ने गरी आयोजना गरिने पनि स्पष्ट पारे ।
View : 103
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved