Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

कोशी इलाइट कप क्रिकेट : झापा र मोरङबीच आज फाइनल

उद्‌घोष संवाददाता
१७ माघ २०८२, शनिवार

विराटनगर । कोशी प्रादेशिक क्रिकट संघ र नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरको मेरिलेवन ज्वाला क्रिकेट मैदानमा जारी प्रथम कोशी इलाइट कप क्रिकट प्रतियोगितामा झापा र मोरङले फाइनल खेल्ने भएका छन् ।

झापाले शुक्रबार भएको अन्तिम लिग खेलमा सुनसरीलाई ४ विकेटले पराजित गर्दै समुह उपविजेता बनेको हो । उक्त जितसँगै लिगको अविजित मोरङ र झापाबीच फाइनल तय भएको हो । आज शनिबार उनीहरूबीच फाइनल भिडन्त हुँदैछ ।

झापाले खेलको २ खेलमध्ये एक जितसँगै २ अंककासाथ दोस्रो स्थानमा छ । सुनसरीले दुवै खेलमा पराजित हुनुपर्यो । 

मोरङले झापा र सुनसरीलाई पराजित गर्दै ४ अंकका साथ फाइनलमा प्रवेश गरेको हो । 

शुक्रबारको खेलमा टस हारेर ब्याटिङ गरेको सुनसरीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई १८३ रन बनायो । 

सुनसरीका रविन मण्डलले ४१ रन बनाउँदा आकास सर्राफले ३८ रनको योगदान दिए । झापाका प्लेयर अफ म्याच सौजनप्रसाद घिमिरेले ४ विकेट लिँदा कप्तान सुजन थपलिया, विपिन महतो र आयुस न्योपानेले १–१ विकेट लिए ।

१८४ रनको लक्ष्य भेट्न मैदान उत्रिएको झापाले ४७ ओभरमा ६ विकेट गुमाई सो लक्ष्य भेट्टाएको थियो । 

झापाका समिर कार्कीले ४७ रन, भुपाल दंगालले ३५ रन र सुजन थपलियाले २३ रन बनाए । सुनसरीका विकल्प आचार्यले ३ विकेट लिँदा भुपाल लुईटेल, रोहन साह र रविन मण्डलले १–१ विकेट लिए ।

View : 428

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved