Biratnagar, Morang, Nepal
२० असोज २०८१, आइतवार
+977 21 450305, 515728, 578305
समाज

नेपाली युवा उद्यमी मञ्चमा भट्टराई

उद्घोष सम्वाददाता
२३ असार २०८१, आइतवार

Advertisement

विराटनगर । नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरको अध्यक्षमा शुभम भट्टराई चयन भएका छन् । च्याप्टरको २० औं वार्षिक साधारणसभाबाट आगामी एक वर्षको कार्यकालका लागि भट्टराईको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो । 

मञ्चको प्रथम उपाध्यक्षमा सञ्जीव सिग्देल, द्वितीय उपाध्यक्षमा रोमन कट्टेल, कोषाध्यक्षमा संयम श्रेष्ठ, कार्यक्रम संयोजकमा रितेष खनाल र लर्निङ सेशन संयोजकमा उकृष्ट भट्टराई चयन भएका छन् । साधारण सभाबाट च्याप्टर संयोजकमा आर्नेष श्रेष्ठ, सञ्चार संयोजकमा अभिषेक केडिया, कानूनी सल्लाहकारमा अंकिता गिरी, कार्यसमिति सदस्यमा नवीन झुनझुनवाला र सचिवालय प्रमुखमा संगीता धमला चयन भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबल अर्थतन्त्रको निर्माण, आर्थिक विकास एवं स्थायित्वका लागि युवाहरूको भूमिका महत्वपूर्ण हुने बताएका थिए । 

मञ्चका नवनिर्वाचित अध्यक्ष भट्टराईले युवाहरू सामाजिक परिवर्तनका सम्वाहक भएकोले आर्थिक समृद्धि र औद्योगिक विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए ।

उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष एवं विराटनगर च्याप्टरका संस्थापक अध्यक्ष सुयश प्याकुरेल लगायतले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिएका थिए ।

View : 93

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved