सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा–९ स्थित स्कलर्स होम विद्यालयको १३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विझिन्न कार्यक्रम गरी मनाएको छ ।
कार्यत्रममा स्कुलका विद्यार्थीले नृत्य, गायनलगायतका विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा नगरप्रमुख केदारप्रसाद गुरागाईले विद्यार्थीको क्षमतालाई उच्च मूल्याङ्कन गर्दै प्रत्येक विद्यार्थीमा रहेको प्रतिभालाई विद्यालयले प्रस्फुटन गर्न सहयोग गरेकोमा विद्यालयको प्रशंसा गरेका थिए ।
सो अवसरमा विद्यालय प्रथम हुने सर्वस्कार राई र सार्थक बराललाई जनही २५ हजार बराबरको छात्रवृत्ति प्रदान गरिएको थियो । विद्यार्थीहरूको गायन प्रतियोगिता पनि सम्पन्न भएको छ ।
१३ जनाले प्रतिष्पर्धा गरेको गायन प्रतियोगितामा कक्षा ४ की सायरा श्रेष्ठ पहिलो, कक्षा ८ की जेसिका पौडेल दोस्रो र कृपा राई तेस्रो भएका थिए । उत्कृष्टलाई शिल्ड, पदक र प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसनले गरेको जिल्लास्तरीय नृत्य प्रतियोगितामा भाग लिई विजेता हुने विद्यार्थीलाई जनही ३ हजार रूपैयाँ प्रदान गरिएको थियो । विद्यार्थीको प्रतिभालाई कदर गर्दै पूर्व विद्यार्थी युनिका गुरूङले विदेशबाट परिवारमार्फत् १० हजार सहयोग गरेकी थिइन् ।
कार्यक्रममा विद्यालयको प्रगति विवरण र भावी योजनाका बारेमा प्राचार्य तिलक राईले प्रतिवेदन प्रस्तुत गरेका थिए । गायक श्रीकृष्ण लुइटेल बोकेदारीले कार्यक्रममा गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रम विद्यालय सञ्चालक समिति अध्यक्ष नागेश पोखरेलको सभापतित्वमा भएको थियो ।
View : 182
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved