उदयपुर । अविरल वर्षाका कारण उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित बरुवा नदीमा आएको बाढीले बरुवा बाँधका कटान गरेपछि अस्थायी तटबन्ध निर्माणको काम सुरु भएको छ । बरुवाको कटानबाट गाईघाट बजार क्षेत्रमा बाढी पस्ने जोखिम रहेको छ । कटानको जोखिम बढेपछि अस्थायी बाँध निर्माण सुरु भएको जनाइएको छ ।
त्रियुगा नगरपालिकाले गाईघाट बजार क्षेत्रमा कटान रोक्न बरुवा नदीमा अस्थायी बाँध निर्माण गरिरहेको जनाएको छ ।
स्थानीयवासी सहित तीनवटै सुरक्षा निकायको सहकार्यमा बरुवा नदीमा अस्थायी बाँध निर्माण जारी रहेको त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले बताए ।
यसै साताको बाढीले बरुवा बाँधको झण्डै तीनसय मिटर लम्बाई र दश मिटर चौडाइको बाँध कटान गरेको थियो ।
ढुङ्गा, बोरामा बालुवा भर्ने र बोरामा बालुवा र ढुङ्गा राखेर तार जालीले बाँधेर अस्थायी तटबन्धन निर्माण गरिएको जनाइएको छ ।
त्रियुगा नगरपालिकाको वडा नम्बर ११, १२ र १० का दुई हजार घरपरिवारसहित गाईघाट क्षेत्रमा बाढीको डुबान र कटानको जोखिम न्यूनिकरण गर्न बाँध निर्माणलाई तिब्रता दिइएको हो ।
View : 138
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved