विराटनगर : औद्योगिक एवं व्यवसायिक प्रतिष्ठानहरुमा कार्यरत श्रमिक र कामदारहरुको सामाजिक सुरक्षाबारे सोमबार विराटनगरमा छलफल गरिएको छ । सामाजिक सुरक्षा कोषको सहकार्यमा मोरङ व्यापार संघमा छलफल गरिएको हो ।
मजदुर प्रतिनिधि र उद्योगी व्यवसायी प्रतिष्ठानका सञ्चालकसहितको छलफलमा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी, उपनिर्देशक रोहित रेग्मी, कोषको विराटनगर कार्यालयका प्रमुख सौरभकुमार मिश्र लगायतको उपस्थिति थियो ।
संघका कार्यवाहक अध्यक्ष अनिलकुमार साहले सामाजिक सुरक्षा कोषमा सवै औद्योगिक प्रतिष्ठानहरु जानुपर्नेमा दुईमत नभएको बताए । तर योगदानको प्रतिफलबारे अझ धेरै सचेतना गराउनुपर्ने बताए । कोषमा हालसम्म ठूलो रकम जम्मा भएपनि श्रमिक तथा कामदारहरुले प्राप्त गर्ने प्रतिफलबारे जानकारी न्यून रहेको बताएका थिए ।
View : 238
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved