Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
साहित्य

डा नरेन्द्र चापागाईं स्मृति पुरस्कार तथा सम्मान

साहित्यकार डा भण्डारी, कवि रसिक र गायक विश्वास सम्मानित

उद्‌घोष संवाददाता
२३ असार २०८२, सोमवार

Advertisement

विराटनगर । डा. नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठान विराटनगरले हरेक वर्ष प्रदान गर्दै आएको विभिन्न  पुरस्कार तीन स्रष्टाहरूलाई सोमबार एक समारोहका बीच  समर्पण गरेको छ। विराटनगर-११ स्थित ज्येष्ठ नागरिक योग साधना केन्द्रमा आयोजित कार्यक्रममा साहित्य, युवा साहित्य र  कलाका क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टाहरूलाई पुरस्कृत गरिएको हो।

समारोहमा ५१ हजार नगद राशिको डा. नरेन्द्र चापागाईं साहित्य पुरस्कार साहित्यकार डा. सुशीला भण्डारीलाई प्रदान गरियो। डा. भण्डारी कार्यक्रममा उपस्थित हुन नसकेकाले उनका छोरा डा. आलोक भण्डारीले पुरस्कार ग्रहण गरेका थिए।

यस्तै, २५ हजार राशिसहितको डा. नरेन्द्र चापागाईं युवा साहित्य पुरस्कार कवि रोहिणी रसिकलाई प्रदान गरियो। यसैगरी, १० हजार १५१ रुपैयाँ नगदसहितको नेउपाने सेवा कला सम्मान गायक प्रवलदीप विश्वासलाई प्रदान गरिएको छ।

पुरस्कृत तीनै स्रष्टालाई कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष प्रा.डा. भीम खतिवडा, प्रतिष्ठानकी अध्यक्ष सरला चापागाईं, त्रिलोक न्यौपाने र प्राध्यापक कविराज नेउपानेले रुद्राक्ष माला, दोसल्ला, सम्मानपत्र र नगदसहित सम्मान गरेका थिए।

डा. नरेन्द्र चापागाईं नेपाली वाङ्मयको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वका रूपमा चिनिन्छन्। उनले नेपाली शब्दकोशसमेत प्रकाशन गरेका छन्।

View : 877

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved