विराटनगर । झापा, सुनसरी र मोरङ जिल्लाको छुट्टाछुटै स्थानमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
सोमबार झापाको कन्काई नगरपालिका-५ स्थितमा मे. ११ प ३३८ नम्बरको मोटरसाइकलले स्थानीय विनोद पाठकको ७ वर्षीय छोरा सोहन पाठकलाई बाटो काट्दै गरेको अवस्थामा ठक्कर दिँदा बालकको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाईते भएका बालकको उपचारका क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको जनाइएको छ ।
यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका-३ स्थितमा प्रदेश १-०२-०४३ प ६६६२ नम्बरको मोटरसाइकलले पैदलयात्री स्थानीय ४५ वर्षीय लोक बहादुर पौडेललाई ठक्कर दिँदा उनको पनि ज्यान गएको जनाइएको छ । घाईते भएका पौडेललाई विराट टिचिङ अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषित गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
सोमबार नै मोरङको रतुवामाई नगरपालिका-१० स्थित आमबारी-उर्लाबारी सडक खण्डमा उर्लाबारीतर्फ जाँदै गरेको ना. ४ ख ४०१३ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको प्र. १-०१०-१४ प २४४३ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा २८ वर्षीय युवकको ज्यान गएको हो ।
दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक झापाको कमल गाउँपालिका-५ का सन्देश गौतमको उपचारको क्रममा विराटनगरस्थित आर्या न्युरो अपस्तालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
सवारी दुर्घटनामा संलग्न रहेका मोटरसाइकल चालक कन्काई-५ का २३ वर्षीय अजत मियाँ, इटहरी-२ का ४० वर्षीय राजन धमला र बसका चालक मोरङ रतुवामाई नगरपालिका-६ का ३२ वर्षीय गोपाल बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
View : 64
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved