Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

कोशी प्रदेश टी–२० च्याम्पियनशिप

म्यान अफ द म्याचलाई क्यूआरबाट भुक्तानी

उद्‌घोष संवाददाता
२१ फागुन २०८०, सोमवार

विराटनगर । विराटनगरमा मंगलबारदेखि सुरु हुन लागेको कोशी प्रदेशस्तरीय राष्ट्रिय टी–२० प्रतियोगितामा म्यान अफ द म्याच हुने खेलाडीलाई क्युआरबाट प्रोत्साहन रकम भुक्तानी गरिने भएको छ । आयोजक मोरङ जिल्ला क्रिकेट संघ र एनआइसी एसिया बैंकबीच त्यसका लागि सोमवार विराटनगरमा सम्झौता सम्पन्न भएको हो । 

सोमबार बैंकको तर्फबाट ब्रान्डिङ एण्ड कर्पोरेट कन्यूनिकेशन प्रमुख सरोज भट्टराई र संघको तर्फबाट मोरङ अध्यक्ष मो. साद कुरैशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

प्रतियोगितामा म्यान अफ द म्याच हुने खेलाडीलाई प्रदान गरिने प्रोत्साहन रकमको राशि भने मंगलबार तोकिने अध्यक्ष कुरैशीले जानकारी दिए । 

बैंकले डिजिटल माध्यमबाट पहिलो पटक खेलकुद क्षेत्रमा झुक्तानी गर्ने योजना ल्याएको जनाइएको छ ।

‘त्रिकेटको विकासमा यो प्रतियोगिता एउटा मेरुदण्ड भएको हामीले बुझेका छौं, यसलाई सम्भव तुल्याउन एनआइसी एसिया बैंकको समर्थन हाम्रा लागि कोशेढुंगा सावित भएको छ’ बैंकका ब्रान्डिङ एण्ड कर्पोरेट कन्युनिकेसन प्रमुख भट्टराईले भने ।

मंगलबारबाट चैत ३ गतेसम्म उक्त प्रतियोगिता विराटनगरको बैजनाथपुर रंगशालामा हुँदैछ । प्रतियोगिताका बिजेताले ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने जनाइएको छ । 
प्रतियोगितामा तीन विभागीय टोली र सात प्रदेश गरी जम्मा १० वटा टोलीबीच २३ वटा खेल हुने जनाइएको छ ।

View : 449

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved