Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

मानवअधिकार दिवसमा अधिकारकर्मी सम्मानित

उद्‌घोष संवाददाता
२६ मंसिर २०८२, शुक्रवार

विराटनगर । ७७ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर मानवअधिकार सञ्जाल मोरङले दुई जनालाई सम्मान गरेको छ ।

मानवअधिकारका क्षेत्रमा दुई दशकदेखि योगदान पुर्याउँदै आएका गैसस महासंघ मोरङका सचिव नवराज निरौला र मानवअधिकारका लागि एकल महिला समूहकी अध्यक्ष चूडा भट्टराई रेग्मीलाई विशेष समारोह आयोजना गरेर सम्मान गरिएको हो ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

मानव अधिकार सञ्जाल मोरङका अध्यक्ष वासु अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका प्रदेश प्रमुख वीरबहादुर बुढामगर, जिल्ला समन्वय समिति मोरङकी उपप्रमुख उषा झा, जिल्ला प्रहरी कार्यालय मोरङकी डीएसपी कोपिला चुडाल, महिला मानवअधिकार रक्षक सञ्जालकी केन्द्रीय कोषाध्यक्ष मञ्जिता उपाध्याय, गैसस महासंघ कोशी प्रदेशकी अध्यक्ष विष्णु शर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

View : 184

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved