विराटनगर । सप्तकोशी नदीसहित प्रदेशका बहुसंख्यक नदीहरुले खतराको तह पार गरेपछि प्रदेश सरकारले प्रदेशबासीलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।
बाढीपहिरोका कारण शनिबार बिहानसम्ममा कोशीमा पाँच जनाको मृत्यु भइसकेको छ भने कम्तीमा आठ जना बेपत्ता छन् ।
कोशी नदीले खतराको तह पार गरेपछि मुख्यमन्त्री हिक्मत कार्कीसहित सुरक्षा अंगका प्रदेशस्थित प्रमुखहरु कोशी बराजतिर लागेका छन् ।
त्यसक्रममा मुख्यमन्त्री कार्कीले मानवीय क्षतिप्रति दुःख प्रकट गर्दै उद्धार राहतमा जुट्न निर्देशन दिएका हुन् ।
कोशीमा पानीको बहाव उच्च भएको छ । ‘मुख्यमन्त्री कार्यालयमा प्राप्त सूचना अनुसार प्रदेशका सबैजसो खोला नदीहरुमा जलसतह बढेको बढ्यै छ’, मुख्यमन्त्री कार्यालयले भनेको
त्यसैले जोखिम उच्च भएको छ । सरकारले यस्तो बेलामा उच्च सतर्कता अपनाउन अपिल गरेको हो ।’
लगातारको झरीले डुबान भएपछि मोरङमा एक सयभन्दा बढी परिवार विस्थापित भएका छन् ।
View : 58
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved