काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपाल शिक्षक महासंघ, प्राध्यापक र शिक्षाका निकायका कर्मचारीका संघसंगठन गैह्रराजनीतिक चरित्रको बनाउन आह्वान गरेका छन् ।
मन्त्री पुनले आइतबार विज्ञप्ति जारी गर्दै साझा प्रकृतिको ट्रेड युनियन सङ्गठन हुनुपर्ने र उनीहरुले पेसागत हकहितका लागि सामूहिक सौदाबाजी गर्न पाउनुपर्नेमा आफू स्पष्ट भएको तर राजनीतिक दलको जनसंगठन तथा शुभेच्छुक संस्थामा रहेका शिक्षक–प्राध्यापक संगठनलाई आफूले मान्यता नदिने बताए । 
मन्त्री पुनले आफूलाई विभिन्न माध्यमबाट प्राप्त सुझाव र गुनासोमा शिक्षक–प्राध्यापकले आचरण विपरीत राजनीतिक गतिविधिमा संलग्न भई शैक्षिक गुणस्तरमा प्रतिकूल असर परेको पाइएको विज्ञप्तिमा उल्लेख गरे ।
“आचरण विपरीत राजनीतिक गतिविधिमा संलग्न भएको पाइए कानुनबमोजिम कारबाही गरिने छ”, विज्ञप्तिमा भनिएको छ । रासस
View : 320
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved