विराटनगर–३ स्थित श्रीराधाकृष्ण शिव पाञ्चायन मन्दिरमा घटस्थापना तथा सामहिक जमरा राख्ने कार्यक्रममा मुख्यकर्ताको भूमिका निर्वाह गर्दै कोशी प्रदेशसभा सदस्य भीम पराजुली । (तस्वीर : नवीन कर्ण/उद्घोष)
विराटनगर । नवरात्र प्रारम्भको अवसरमा विराटनगरको ठूलो मिल चोकमा रहेको श्रीराधाकृष्ण शिव पाञ्चायन मन्दिरमा विविध धार्मिक कार्यक्रम आयोजना गरिएको छ ।
दशैं प्रारम्भ भएको अवसरमा सो मन्दिरमा सामुहिक जमरा, घटस्थापना र चण्डी पाठ लगायतका कार्यक्रमहरुको आयोजना गरिएको छ ।
सो मन्दिर परिसरमा पोखरिया यूवा समूह, श्रीराधाकृष्ण शिव पाञ्चायन मन्दिर र राधाकृष्ण भजन मण्डलीले संयुक्तरुपमा नवरात्र बिशेष कार्यक्रम आयोजना गरेका हुन् ।
सोमबार बिहान मन्दिर परिसरमा घटस्थापना र सामुहिक जमरा राख्ने कार्यक्रम सम्पन्न भएको छ ।
घटस्थापनाको मुख्य कर्ताको जिम्मेवारी कोशी प्रदेशका प्रदेशसभा सदस्य भीम पराजुलीले निर्वाह गरे ।
घटस्थापना संँगसँगै आयोजना गरिएको जमरा राख्ने कार्यक्रममा ३ सय ८७ परिवारले वैदिक मन्त्रोचरण तथा विधिविधान अनुसार जमरा राखेका छन् ।
विक्रम सम्बत् २०६७ सालदेखी बसैनि मन्दिरमा सामुहिक जमरा राख्ने कार्यक्रम हुँदै आएको मन्दिरका संरक्षक नरेश राठीले जानकारी दिए ।
नवरात्रको अवसरमा मन्दिरमा शुरु भएको दशैं बिशेष विविध धार्मिक कार्यक्रमहरु बिजया दशमीको दिनसम्म निरन्तरता पाउने संरक्षक राठीले बताए ।
घटस्थापनाको दिन विधिपूर्वक राखिएको जमरा बडादशैंको दिन लगाउने गरिन्छ ।
View : 217
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved