Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

अपहरण तथा शरीर बन्धक मुद्दाका फरार पक्राउ

उद्‌घोष संवाददाता
२२ माघ २०८०, सोमवार

सप्तरी । अपहरण तथा शरीर बन्धक मुद्दाका फरार  अभियुक्त खड्क नगरपालिका–५ खोजपुर बस्ने  ५० वर्षीय शुभनारायण ठाकुरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत सप्तरीको २०७५ जेठ ३० गतेको फैसलाले अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद र ५० हजार रूपैया जरिवाना ठहर भई फरार रहेका शुभनारायणलाई अस्थायी प्रहरी पोष्ट खरचुहियाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला  अदालत सप्तरीमा उपस्थित गराइएको  प्रहरीले जनाएको छ ।

View : 396

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved