Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
प्रविधि

ग्यालेक्सी एस २६ प्लसमा २३ हजारको क्यासब्याक

उद्‌घोष संवाददाता
५ जेठ २०८३, मङ्गलवार

Advertisement

विराटनगर । सामसङ नेपालले ग्यालेक्सी एस २६ प्लसले सीमित अवधिका लागि क्यासब्याक अफर ल्याएको छ । 

यस अफरले ग्राहकहरूलाई अझ बढी बचत र सजिलो खरिदको विकल्प उपलब्ध गराउने कम्पनीले जनाएको छ । 

प्रिमियम स्मार्टफोन अनुभव खोजिरहेका ग्राहकहरूका लागि डिजाइन गरिएको ग्यालेक्सी एस २६ प्लसले ग्राहकको बदलिदो आवश्यकतासँग मिल्ने उत्पादन र अनुभव दिने कम्पनीले दावी गरेको छ ।

कम्पनीका अनुसार, सीमित अवधिको यो अफरअन्तर्गत ग्यालेक्सी एस २६ प्लस खरिद गर्दा ग्राहकहरूले २३ हजारको तुरुन्तै क्यासब्याक पाउँछन् । 

यसको खरिद अझ सजिलो बनाउन सामसङ नेपालले मार्फत इन्टा फाइनान्सबाट २४ महिनासम्मको सजिलो इएमआइ सुविधा पनि दिएको छ । 

जसको मासिक किस्ता ४ हजार ३४१ रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ ।

View : 165

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved