गत शुक्रबार राती ११ बजेर ४७ मिनेट जाँदा गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको ज्यान गएको छ । मध्य रातमा भूकम्प जाँदा सुतिरहेको अवस्थामा घरहरु लडेर सयाैं व्यक्तिहरु घाइते भएका छन् । घाइतेहरु अझै उपचाररत रहेका छन् ।
प्रभावित क्षेत्रमा सयाैं पटक पराकम्प गइरहेकोले त्यहाँ मापन यन्त्र जडान गर्नु परेको जनाइएको छ ।
सरकारले सार्वजनिक गरेको विवरणअनुसार भूकम्पका कारण कुल १७ हजार ७९२ वटा घर पूर्ण रूपमा क्षति भएका छन् । १७ हजार ५२९ घरमा आंशिक क्षति पुगेको जनाइएको छ । सबैभन्दा बढी रुकुम पश्चिममा १६ हजार ५७० घर पूर्ण रूपमा क्षति भएको र ९ हजार ९६१ घरमा आंशिक क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ ।
जाजरकोटमा १ हजार १७० घर पूर्ण क्षतिग्रस्त छन् भने ७ हजार १६६ वटामा आंशिक क्षति भएको जनाइएको छ ।
View : 205
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved