Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

अपाङ्गता भएकालाई वडा नं. १० को सहयोग

उद्‌घोष संवाददाता
२७ चैत २०८०, मङ्गलवार

Advertisement

विराटनगर । विराटनगर वडा नं. १० ले वडाका विभिन्न अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने सहायक सामग्री प्रदान गरेको छ ।

वडा नं. १० का अध्यक्ष अर्जुन गिरीका अनुसार, उनीहरूलाई ह्विलचेयर, कम्पोड चियर, वाकर, सेतो छडी, शैक्षिक सामग्री, स्कुल ब्यागलगायतका सामग्री प्रदान गरिएको हो ।

यस्तै, वडाको आर्थिक सहयोगमा अपाङ्गता भएका व्यक्तिलाई सुनसरी र मोरङका विभिन्न पर्यटकीय स्थलको अवलोकन भ्रमणमा पठाइएको अध्यक्ष गिरीले बताए ।

उनका अनुसार, भ्रमण टोलीमा १४ जना सहभागी छन् ।

उनीहरूलाई सामर्थ्य नेपाल नामको संस्थाले भ्रमणमा सहजीकरण गरेको छ ।

View : 411

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved