विराटनगर । ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ आत्मकथाका लेखक तथा वैज्ञानिक महावीर पुन बिहीबार विराटनगर आएका छन् ।
उनी थुप्रै जिल्लामा किताब बेच्दै हिंडेका छन् । पुस्तक बिक्रीबाट प्राप्त आम्दानी नेपालको वैज्ञानिक खोज अनुसन्धान तथा प्रविधिमा प्रयोग गरिने उनले बताए ।
विराटनगरको महेन्द्र चोकमा बिहीबार दिउँसो साढे ११ बजेदेखि सुरु गरिएको पुस्तक बिक्री अभियानमा साँझ ५ बजेसम्म ६ सय थान पुस्तक बिक्री भएको उनका सहयोगी हिरा पुन मगरले जानकारी दिए ।
पुस्तक किन्नेहरूमा युवा, विद्यार्थी र समाजसेवी बढी देखिन्थे । अबका केही दिन विराटनगरमै रहेर पुस्तक बिक्री गर्ने र प्राप्त आम्दानी वैज्ञानिक आविष्कार तथा खोज क्षेत्रमा प्रयोग गरिने उनले बताए ।
राष्ट्रिय आविष्कार केन्द्रद्वारा प्रकाशित पुस्तक देशैभरी बिक्री गरिने र आम्दानी नयाँ प्रविधि तथा वैज्ञानिक क्षेत्रमा प्रयोग गरिने उनको भनाइ छ ।
View : 145
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved