विराटनगर । उदयपुर प्रहरीले ११ लाख रुपैयाँ बढिको अवैध सामान बरामद गरेको छ । प्रहरी चौकी लालपत्ताको चेकपोष्टमा प्रहरीले नियमित रुपमा सवारी साधनको चेकजाँच गर्ने क्रममा लहानबाट गाईघाट तर्फ आउँदै गरेको स १ च ७५५ नम्बरको पिकअप गाडीबाट बिना बिलको बिभिन्न कम्पनीको चुरोट, अगरबत्ती, बिस्कुट, चकलेट बरामद गरेको हो ।
प्रहरीले गाडी चालक लहान नगरपालिका–४ का २२ वर्षीय सिकेन्द्र महतो समेतलाई नियन्त्रणमा लिएको छ । महतोले चलाएको गाडीबाट अवैध सुर्तिजन्य पदार्थहरु लगायतका खाद्य सामाग्रीहरु फेला परेको र त्यसको बिल नभेटिएको भन्दै राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको जनाइएको छ ।
उक्त गाडीमा बिना बिलका शिखर आईस चुरोट ५५ बन्डल, सूर्य चुरोट १५ बन्डल, खुकुरी चुरोट २०० बन्डल, बिजुली चुरोट १८० बन्डल, पाइलट चुरोट १० बन्डल, चकलेट २ कार्टुन, मंगलदिप चम्पा अगरबत्ति २ कार्टुन, सनफिस्ट डार्क र्यान्टेसी बिस्कुट १ कार्टुन बरामद गरेको हो ।
बरामद गरिएको सामग्रीको मुल्य ११ लाख ३४ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ । प्रहरीलाई चालकलाई समेत आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी बुझाएको जनाएको छ ।
View : 99
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved