Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

गैरकानुनी रूपमा भित्र्याइएका सामान बरामद

उद्घोष सम्वाददाता
३० साउन २०८१, बुधवार

वीरगञ्ज (पर्सा), २९ साउन । जिल्ला प्रहरी कार्यालयले भन्सार छलेर भित्र्याइएका आठ लाख ५८ हजार पाँच सय २० बराबरका लत्ताकपडा, खाद्यान्न र मोबाइलका पार्टस्लगायत सामान बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले बरामद भएका गरिएका सामान मङ्गबार वीरगञ्ज भन्सार कार्यालयलाई बुझाएको जानकारी दिए। प्रहरीले आर्थिक वर्ष २०८०/ ८१ मा ५३ करोड ४७ लाख  मूल्य पर्ने भन्सार छली गरेर भित्र्याएका तथा बिलबिजक नभएका सामान बरामद गरेको थियो ।

सोही अवधिमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्र्वाटरले  ३४ करोड २७ लाख ७८ हजार ३ सय ३३ मूल्यका बिलबिजक नभएका सामान बरामद गरेको थियो । रासस
 

View : 181

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved