फाइल फोटो ।
विराटनगर । विराटनगरको बाल सुधार गृहबाट दुई बालक भागेका छन् । फरार भएकाहरू कर्तव्य ज्यान तथा डाका मुद्दामा दोषी ठहर भएका र जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि सुधारगृहमा पठाइएकाहरू हुन् ।
विराटनगर महानगरपालिका–३ स्थित बाल सुधारगृहमा रहँदै आएका दुवैको उमेर १६ वर्ष रहेको जनाइएको छ । फरार भएका दुवैजना सुनसरी जिल्लाका रहेको सुधारगृहका प्रमुख मिलन चौहानले जानकारी दिए ।
चौहानका अनुसार ऊनीहरू विद्यालयमा अतिरिक्त क्रियाकलाप चलिरहेका बेला मंगलबार दिउँसो करिव ३ बजेतिर पर्खालबाट हामफालेर फरार भएको जनाइएको छ ।
उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
विराटनगरस्थित बाल सुधारगृह ५० जनाको क्षमता रहेको छ । तर हाल यहाँ दुई सय ३८ जना बालक रहेका छन् । सुधारगृहभित्र हाल १८ वर्ष नाघिसकेकाहरू नै एक सय २४ जना रहेको जनाइएको छ ।
View : 194
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved