Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
शिक्षा

सत्यनारायणको शैक्षिक अवलोकन भ्रमण

उद्घोष सम्वाददाता
१ चैत २०८०, बिहिवार

विराटनगर । विराटनगर–७ स्थित सत्यनारायण माविको शिक्षक, अभिभावक  र कर्मचारी टोली छदिने स्थलगत शैक्षिक अवलोकन भ्रमण गरी फर्किएको छ ।

विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि गएको सो टोलीले राष्ट्रियस्तरमा नमूना विद्यालयको रुपमा प्रथम र द्वितीय भएका नमूना विद्यालय एवम्  मुक्तिक्षेत्र, कोरोला नाका भ्रमण गरी फर्किएको हो ।

सो अवसरमा नमूना विद्यालयमा नेपाल हुन सफल विन्द्यवासिनी मावि बाटुलेचौर पोखरा गई प्राचार्य कृष्णप्रसाद आचार्यसहितको विद्यालय परिवारसँग अन्तरक्रिया गरेको थियो ।

यस्तै दोस्रो नारायणी नमूना मावि भरतपुर चितवनका प्राचार्य रामशरण दवाडीसहित शिक्षक। कर्मचारी, अभिभावक र विद्यार्थीसँग अन्तरक्रिया गरेको सत्यनारायण माविका प्राचार्य पुरुषोत्तम गुरागाईले बताए ।

गुरागाईले भने, ‘ नमूना विद्यालयहरुमा अन्तरक्रिया गरी उनीहरुले गरेका शैक्षिक गुणस्तरसँग सम्वन्धित असल अभ्यासहरुका बारेमा जानकारी लिने काम भयो । सत्यनारायण माविलाई आगामी दिनमा शैक्षिक गुणस्तरयुक्त विद्यालयको रुपमा अगाडि बढाउन उनीहरुले गरेका असल अभ्यासका आधारमा योजना निर्माण गर्दै जाने कार्यका लागि शैक्षिक अवलोकन भ्रमण उपलब्धीपूर्ण रह्यो ।’

सो टोली पोखरा हुँदै बागलुङ स्वर्णिम झोलुङ्गे पुल, बागलुङ कालिका मन्दिर, कागवेनी,जोमसोम, मुक्तिक्षेत्र, ज्वालामुखी गुम्बा, माथिल्लो मुस्ताङ, नेपाल–चीनस्थित कोरोला सीमा नाका पुगेको थियो । सडक मार्गबाट पोखराबाट मुस्ताङ सदरमुकाम ८ घण्टा र जोमसोमबाट कोरोला नाका ६  घण्टा दुरीमा रहेको शिक्षक डेक बाँस्तोलाले बताए ।

उनन्तीस सदस्यीय टोलीमा शिक्षक अभिभावक संघका अध्यक्ष चन्द्रेश्वर यादव, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु सन्तोष साह, शारदा भण्डारी र संगीता मण्डल थिए ।

यसैगरी  शिक्षकहरुमा सुशीलप्रसाद चौधरी, सुभाष वली, नेत्र फुयाल, प्रभात नेपाल, केदारप्रसाद पराजुली, सौरभ चापागाईं, सरोज दाहाल, सुगल भट्टराई, युगेश साह, आकाश झा, मुकुन्दराम भट्टराई,  वीरेन्द्र राजवंशी, धरणी खनाल, भूपाल भट्टराई, लोकबहादुर अर्याल, पवन भुजेल, मनोज कार्की, भगवती अर्याल, मञ्जु भण्डारी, भोजराज खनाल भ्रमण टोलीमा सहभागी थिए ।

View : 263

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved