Biratnagar, Morang, Nepal
६ साउन २०८३, बुधवार
+977 21 450305, 515728, 578305
समाज

आदिवासी दिवस भब्यरुपले मनाइने

उद्‌घोष संवाददाता
२५ साउन २०८१, शुक्रवार

Advertisement

विराटनगर । विराटनगर महानगरपालिकाभित्र नेपाल आदिवासी जनजाति महासंघमा आवद्ध रहेका १८ जातिको संयुक्त आयोजनामा  ३० औं विश्व आदिवासी दिवस (९ अगस्ट २०२४) भव्यरुपले मनाउने तयारी गरेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् विराटनगरले बिहीबार विभिन्न जातीय संस्थाका अध्यक्ष तथा पदाधिकारीहरुको बैठकको आयोजना गरी सो जानकारी गराएको छ । 

नेपाल आदिवासी जनजाति महासंघ महानगर समन्वय परिषद् विराटनगरको आयोजनामा आदिवासी अगुवाहरुको उपस्थितिमा विराटनगरको महेन्द्र चौकमा शुक्रबार साँझ ६ः३० बजे दीप प्रज्वलन गर्ने, शनिबार नौमती बाजा, लाखे नाच विभिन्न जातीय भेषभूषा र साँस्कृतिक पहिचान सहितको र्‍याली ११ बजे विराटनगर महानगरपालिकास्थित शनिहाटमा भेला भएर मेनरोडको गोल्छा चोक, जलजला चोक, ट्राफिक चोक, जनआन्दोलन चोक हुँदै संगम पार्टी प्यालेसको प्रांगणमा प्रवेश गरी मूल समारोहमा परिणत हुने छ ।

‘संविधान प्रदत्त अधिकार आदिवासीको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गरियोस्, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागु गरियोस्’ भन्ने मूल नारासहित यसपटक विश्व आदिवासी जनजाति दिवस मनाउन लागिएको महानगर समन्व्य परिषद् सचिवालय विराटनगरका अध्यक्ष सुरेश सिंह गन्गाईले बताए ।

View : 282

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved