विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी लिमिटेड विराटनगरको १३ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
राष्ट्रिय सहकारी महासंघ लिमिटेडका बरिष्ठ उपाध्यक्ष रमेश पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारण सभाले सहकारीका शेयरधनी सदस्य सञ्चारकर्मीहरूलाई आर्थिक वर्ष २०८०–०८१ मा १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय सर्वसम्मत अनुमोदन गरेको छ ।
त्यसैगरी सहकारी स्थापना भएयता पहिलो पटक आफ्ना शेयर सदस्यहरूलाई शेयरधनी प्रमाणपत्र समेत वितरण गरिएको हो ।
साधारणसभाका अवसरमा उत्कृष्ट बचतकर्तामा सुमन सुस्केरा र उषा सरदार तथा असल ऋणीका रुपमा श्याम सुन्दर सुतिहार र प्रल्हाद गुरागाइँलाई सम्मानित गरेको हो ।
त्यसैगरी यसै वर्षदेखि सुरु गरिएको सहकारीले सुरु गरेको अग्रज शेयर सदस्य सम्मान कार्यक्रम अन्तरगत शिवबहादुर कार्कीलाई सम्मानपत्र प्रदान गरेको छ ।
सहकारीले आर्थिक वर्ष २०८०–०८१ मा १६ लाख ७५ हजार ३५५ रुपैयाँ आम्दानी प्राप्त गरेको छ । त्यसैगरी ७ लाख २९ हजार ४०७ रुपैयाँ खर्च भएको संचालक समितिका अध्यक्ष दीपक दाहालले बताए ।
वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उनले कर चुक्ता पछि सहकारीको खुद आय ५ लाख ८३ हजार ५२६ रुपैयाँ कायम भएको जानकारी दिए ।
सहकारीले हालसम्म ७१ लाख ६ हजार ८१५ रुपैयाँ ऋण लगानी गरेको जनाएको छ । त्यसैगरी ४० लाख २२ हजार ५०६ रुपैयाँ निक्षेप प्राप्त गरेको जनाइएको छ ।
सञ्चारकर्मी सञ्चार सहकारी लिमिटेडमा १२० जना सञ्चारकर्मी सदस्यहरू आवद्ध रहेका छन् । सहकारीमा आर्थिक वर्ष २०८०–०८१ सम्म शेयर पूँजी २४ लाख ३५ हजार ८०० पुगेको छ ।
सहकारीको पूँजी तथा दायित्व १ करोड ७ लाख ८ हजार १५७ रहेको साधारण सभामा जानकारी गराइएको हो ।
साधारण सभामा लेखा समितिका संयोजक अविनाश निधीले समितिको प्रतिवेदन पेश गरेका थिए । त्यसैगरी प्रदेश सहकारी संघका अध्यक्ष डिल्ली पोखरेल, बहुउद्देश्यीय सहकारी संघ मोरङका अध्यक्ष माधव अधिकारी, पत्रकार महासंघ मोरङ कार्यवाहक अध्यक्ष तारा आचार्यले शुभकामना दिएका थिए ।
View : 143
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved