विराटनगर । स्वदेशी साबुन उद्योग प्रालिको उत्पादन आहा साबुनसहित सर्फ, फिनेल, भाँडा माझ्ने साबुन लगायतमा छुटैछुट दिंदै आएको छ ।
विराट ट्रेड एक्स्पोको स्टल नम्बर १९ र २० मा स्वदेशी साबुन उद्योगले आफ्ना विभिन्न उत्पादनमा छुट दिंदै आएको जनाएको छ ।
आहा ब्राण्डका साबुन र सर्फसहित वासिङ मेसिन (फ्रन्ट लोड र टप लोड) लाई चाहिने एक्सेल ब्राण्डको डिटरजेन्ट, नुहाउने साबुनलगायत उत्पादन हुँदै आएको छ ।
स्टलमा सर्फ र एक्सल सर्फ किन्दा २५ प्रतिशत, दुई सय रुपैयाँमा ३ लिटर तथा तीनसय रुपैयाँमा ४ लिटर फिनेल, पाँच सय रुपैयाँको सर्फ प्याकको खरिदमा बाटा र भाँडा माझ्ने साबुल सित्तैमा पाइने स्वदेशी साबुन उद्योगका स्टल इञ्चार्ज पदम पौडेलले जानकारी दिए ।
५० रुपैयाँ पर्ने नुहाउने साबुन ३० रुपैयाँमा, ४ किलो सर्फ खरिदमा बिर्कोसहितको बाल्टी सित्तैमा दिइने उनले बताए ।
त्यसैगरी पशुपति खाद्य उद्योग अन्तर्गत हेलो ब्राण्डको एनएस चिन्हप्राप्त सनफ्लावर तेलसमेत सस्तो दररेटमा पाइने जनाइएको छ ।
View : 59
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved