Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

घिनाघाटको नयाँ पुलबाट पुरानो पुलमा खस्यो ट्रक

उद्‌घोष सम्वाददाता
२२ साउन २०८१, मङ्गलवार

विराटनगर । विराटनगरको पुष्पलाल चोकपूर्व घिनाघाटको निर्माणाधीन नयाँ पुलबाट भारतीय नम्बर प्लेटको एउटा ट्रक खसेको छ ।

तीब्र गतिमा पुष्पलाल चोकतर्फ आउँदै गरेको बीआर ०६ जीडी ५४४४ नम्बरको भारतीय ट्रक पुलबाट खसेको हो ।

गएराती करिव ११ बजेतिर पुलबाट ट्रक खसेको हो । उक्त ट्रक नयाँ पुलको रेलिङ भत्काउँदै पुरानो पुलमाथि खसेको छ । पुरानाे पुलमा अड्किएका कारण ट्रक सिंघीया खोलामा खस्न भने पाएन ।

पुरानो पुलबाट ठूला सवारी साधन अवरुद्ध भएको छ । नयाँ पुल पनि पूर्ण रुपमा सञ्चालनमा आइसकेको छैन ।

प्रहरीले ट्रक चालक भारतको बिहारका ३५ वर्षीय रनदिप सिंहलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ । चालक र सहचालक दुवैको अवस्था सामान्य रहेको जनाइएको छ ।

View : 4314

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved