काठमाडौं । सेयर बजार परिसूचक मंगलबार ३०.४९ अंकले बढ्दै ३००१.८० को विन्दुमा पुगेको छ । कारोबारमा आएका १३ मध्ये ९ समूहको सूचक उचालिँदा १८ अर्ब ५२ करोड २९ लाख रुपैयाँको कारोबार भएको छ ।
विकास बैंक र फाइनान्सबाहेकका सबै समूह हरियो भएका छन् ।
७४ कम्पनीको सेयरमूल्य घट्दा १७६ को बढेको छ। घटेकामध्ये समता घरेलु लघुवित्तको सेयरमूल्यमा ८.६० प्रतिशतको गिरावट छ ।
बढेकामध्ये मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर र सान्भी इनर्जीको सेयरमा पोजेटिभ सर्किट लागेको छ ।
नाडेप लघुवित्त ९.९९ र नेपाल वेयरहाउजिङ ८.०६ प्रतिशतले बढेका छन् ।
सर्वाधिक कारोबार हुने ५ कम्पनीमध्ये हिमालयन डिष्टिलरी पहिलो नम्बरमा छ ।
उक्त कम्पनीको सेयर ६४ करोड ४१ लाख रुपैयाँको किनबेच भएको छ । ग्रीन भेञ्चर्सको ६३ करोड ८२ लाख, नेपाल पुनर्बीमा ५६ करोड ९२ लाख, हिमालयन पुनर्बीमा ५२ करोड ७७ लाख र राधी विद्युतको ४९ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ ।
यसअघि सोमबार १९ अर्ब ३६ करोड ८ लाख र आइतबार २६ अर्ब ५७ करोड ७४ लाख रुपैयाँको कारोबार भएको थियो ।
View : 324
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved