Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

झापामा २० प्रतिशत मतदान

उद्‌घोष संवाददाता
२१ फागुन २०८२, बिहिवार

झापा । झापामा २० प्रतिशत मतदान भएको छ । झापाका मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुईंटेलले जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको जानकारी दिए ।

‘सवैतिर सौहार्दपूर्ण रुपमा मतदान भइरहेको छ, केही अप्ठेरो छैन’ उनले भने, ‘विवरणहरू आइरहेका छन्, अहिलेसम्मको अवस्था हेर्दा २० प्रतिशत मत खसेको भन्ने हाम्रो निश्कर्ष छ ।’

झापामा ८१५ मतदान केन्द्र रहेका छन् । जहाँ ७ लाख १३ हजार ५३७ मतदाता रहेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका बालेन्द्र शाहको उम्मेदवारीले सर्वाधिक चर्चामा रहेको झापा–५ मा समेत शान्तिपूर्ण रुपमा मतदान भइरहेको जनाइएको छ ।

View : 88

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved