विराटनगर । नेपाल तेक्वान्दो संघ मोरङको महागनरस्तरीय समिति गठन भएको छ । नवगठित समितिको अध्यक्षमा अर्जुन श्रेष्ठ अध्यक्ष चयन भएका छन् ।
समितिको उपाध्यक्षमा पराग ढुंगाना, सचिव अशोक लामा, कोषाध्यक्ष हिना ठाकुर चयन भएका छन् । सदस्यहरूमा रोशन ठाकुर, दीपक कट्वाल, नेहालविक्रम शाह, निश्चल श्रेष्ठ र पविता शर्मा चयन भएको बताइएको छ ।
त्यसैगरी समितिको सल्लाहकारमा राजेश कार्की, विष्णु डंगोल, सावित्री पराजुली, प्रेमलाल सिंह सुवाल र त्रिलोचन गौतम चयन भए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेश सभा सदस्य अमृत अर्याल, विराट गोल्डकपका अध्यक्ष सन्तोष बानियाँ, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री नारायण बुढाथोकी र तेक्वान्दो संघ मोरङका अध्यक्ष दिवस नेपाललगायतले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिए ।
सो अवसर तेक्वान्दो खेलाडीहरूले आˆनो कला कौशल प्रदर्शनी गरेका थिए ।
View : 182
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved