Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

घूस लिएको आरोपमा गौरीगञ्जका वडा सचिव पक्राउ

उद्‌घोष संवाददाता
१२ साउन २०८३, मङ्गलवार

Advertisement

विराटनगर । झापाको गौरीगञ्ज गाउँपालिकाको १ नम्बर वडा कार्यालयमा कार्यरत वडा सचिव अजय कुमार साह सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने क्रममा सेवाग्राहीसँग घूस लिएको आरोपमा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीका अनुसार वडा सचिव साहले सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग १० हजार घूस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियारको टोली परिचालन गरिएको थियो । 

टोलीले सेवाग्राहीबाट १० हजार घूस लिइसकेको अवस्थामा गौरीगञ्ज–१ स्थित एक स्थानीय होटलबाट  सोमबार वडा सचिव साहलाई नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।

पक्राउ परेका साहबाट घूस रकमसमेत बरामद गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीले जनाएको छ ।

View : 141

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved