विराटनगर । एसियन थाइ फुड्स र यसैको अर्को कम्पनी एसियन बिस्कुट एण्ड कन्फेक्सनरीले विराटनगरमा जारी व्यापार मेलामा स्टल नं. ५९ र ६० लिएको छ ।
‘रमपम’ चाउचाउ एसियन थाइ फुड्सको चर्चित ब्राण्ड हो । त्यस्तै, एसियन बिस्कुट एण्ड कन्फेक्सनरीले ‘गुडलाइफ’ ब्राण्डमा फरक प्रकारको स्वाद र तौलमा बिस्कुट र कन्फेक्सनरी आइटमको उत्पादन तथा बिक्री गर्दछ ।
एसियन थाइ फुड्सले आफ्नै अर्को उत्पादन ‘टुपिएम’ ब्राण्डका स्नाक्सहरूको बिक्री तथा प्रवर्द्धनका लागि बाहिरपट्टिको खाली मैदानमा अर्को बेग्लै स्टल राखेको छ ।
यद्यपि रमपम चाउचाउको स्टलमा ‘टुपिएम सेगमेन्ट’मा पनि थुप्रै भेराइटी पाइने कम्पनीका मार्केटिङ अफिसर युवराज घिमिरे बताउँछन् । उनी व्यापार मेलामा दिउँसोभन्दा साँझपख राम्रो बिक्री भइरहेको बताउँछन् ।
मेलामा आउने ग्राहकले हरेक २० रुपैयाँ मूल्य बराबरको चाउचाउ वा कुनै आइटम किनेमा केही न केही उपहार पाउने कम्पनीका मार्केटिङ अफिसर घिमिरेले बताए । उनका अनुसार, ग्राहकले बटुका, चिजबल, कुरकुरे, भुजिया, कपी, डटपेन, टिसर्टलगायतका केही न केही सामान पाउँछन् ।
पछिल्लो पुस्ताका युवायुवतीहरूले टुपिएम अकबरे निकै मन पराएको घिमिरे उल्लेख गर्छन् । एसियन थाइ फुड्सले टुपिएम सेगमेन्टमा टुपिएम पोटेटो क्रयाकर, टुपिएम फायरबल, टुपीएम क्रिस्पी पञ्जाबी पकौडा, टुपीएम अकबरेलगायतका स्नाक्स आइटम उत्पादन तथा बिक्री गर्दछ ।
View : 166
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved