सुन्दरहरैंचा : मोरङको बेलबारी नगरपालिका–५ कसेनी बजारमा भएको आगलागी पीडित परिवालाई बेलबारी उद्योग वाणिज्य संघले राहत सामग्री हस्तान्तरण गरेको छ ।
बिहीबार विहान व्यवसायी विद्यानन्द भगतको २ तले घरमा अचानक आगलागी हुँदा करोड भन्दा बढीको क्षति भएको थियो । उक्त घटनाप्रति बेलबारी उद्योग वाणिज्य संघले दुःख व्यक्त गर्दै केही सहयोग सामग्री हस्तान्तरण गरेको बेलबारी उद्योग वाणिज्य संघका अध्यक्ष भेषकुमार श्रेष्ठ ‘अशोक’ ले जानकारी दिए ।
भगतको घरमा भााडा, किराना र सनपाटको पसल थियो । स्थानीय, प्रहरी र विभिन्न ठाउँबाट आएका दमकलको सहयोगमा लगभग डेढ घण्टापछि आगो नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।
आगोले घरसहित घरमा सञ्चालित पसलमा रहेका सामानहरू जलेकोले भगत परिवारलाई मानवीय सहयोग स्वरूप राहत समाग्री हस्तान्तरण गरेको बेलबारी उवासका महासचिव विवेक मिश्रले बताए ।
View : 228
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved