Biratnagar, Morang, Nepal
२८ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
शिक्षा

इस्टर्न कलेज र एसआईटी भारतबीच सम्झौता

उद्‌घोष सम्वाददाता
२५ असार २०८१, मङ्गलवार

विराटनगर । विराटनगरस्थित इस्टर्न कलेज अफ इन्जिनियरिङ र भारतको सिलिगुडी इन्स्टीच्युट अफ टेक्नोलोजी (एसआईटी) पश्चिम बंगालबीच प्राज्ञिक विकास एवम् अनुसन्धानात्मक कार्य संयुक्त रुपमा गर्ने सम्वन्धमा एक सम्झौतापत्रमा द्विपक्षीय हस्ताक्षर भएको छ ।

एसआईटी टेक्नो इन्डिया ग्रुपद्वारा सञ्चालित एनएएसी सम्वन्धन प्राप्त तथा एआईसीटीई यूजीसीद्वारा सञ्चालित विद्यार्थीको रोजाईमा पर्ने उत्कृष्ट संस्था भएको बताइएको छ ।

सम्झौतापत्रमा इस्टर्न कलेज अफ इन्जिनियरिङ, विराटनगरका प्राचार्य इञ्जिनियर अमित सुराना तथा सिलिगुडी इन्टिच्युट अफ टेक्नोलोजीका प्राचार्य डा. मिथुन चक्रवर्तीले हस्ताक्षर गरेका हुन् ।

इस्टर्न कलेज अफ इन्जिनियरिङ, विराटनगरले सिलिगुडी इन्टिच्युट अफ टेक्नोलोजी, भारतसँग संयुक्त रुपमा सात प्राज्ञिक कार्यहरु गर्ने भएको जनाइएको छ ।

विभागीय आदानप्रदान, इन्टर्नसीप र औद्योगिक तालिम कार्यक्रम, ज्वाइन्ट प्लेसमेन्ट ड्राइभ, अन्तर्राष्ट्रिय कार्यशाला, संयुक्त अनुसन्धान परियोजना, अनुसन्धानका स्कलर्स  आदानप्रदान र अनुसन्धानका सुविधाहरु बाँडफाँट, आपसमा आतिथ्यता र यात्राको आदानप्रदानको सुविधा प्रदान गर्ने सम्झौता भएको हो ।

नेपाल इन्जिनियरिङ परिषदबाट स्वीकृत प्राप्त इन्टर्न कलेज अफ इन्जिनियरिङ पूर्वाञ्चल विश्वविद्यालयको सवन्धन प्राप्त कलेज हो । 

गुणस्तर प्रमाणपत्रबाट प्रमाणीकृत भौतिक पूर्वाधार एवम् सम्पूर्ण प्रयोगात्मक प्रयोगशाला अब्बल, पुस्तकायलयसमेत अब्बल रहेको सो कलेजमा स्नातक तह (बीई) अन्तर्गत सिभिल इन्जिनियरिङ, बीई कम्प्युटर इन्जिनियङि, इलोक्ट्रनिक्स कम्युनिकेशन र अटोमेशन इन्जिनियरिङ कार्यक्रम पढाइ हुँदै आएको छ ।   

सो कलेजबाट उत्पादित विद्यार्थीहरुले देश र विदेशका विभिन्न संघसंस्थामा रोजगारी प्राप्त गरिरहेको जनाइएको छ ।

View : 180

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved