Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

डा शेखर मोरङकै सवैभन्दा जेठो उम्मेदवार

उद्‌घोष संवाददाता
९ माघ २०८२, शुक्रवार

विराटनगर । प्रतिनिधिसभा निर्वाचनका लागि मोरङमा उम्मेदवारी दिएका ११८ जना उम्मेदवार मध्ये डा. शेखर कोइराला सबैभन्दा पाको अर्थात उमेरले जेठाे उम्मेदवार रहेका छन् । 

७५ बर्षीय डा कोइराला नेपाली कांग्रेसबाट मोरङको क्षेत्र नम्बर ६ मा उम्मेदवार बनेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार डा. शेखरसहित मोरङमा ७० बर्ष नाघेका उम्मेदवार ४ जना छन् । 

शेखरपछि क्षेत्र नम्बर १ मा राप्रपाका पूर्णबहादुर वाइवा तामाङ, क्षेत्र नम्बर २ मा नेकपाका चन्द्रवीर राई र क्षेत्र नम्बर ५ मा नेकपा (माओवादी) का गंगाप्रसाद गिरी ७० वर्ष माथिका उम्मेदवार हुन् ।

मोरङमा सवैभन्दा कान्छो उमेरका चार जना मध्ये दुईजना उम्मेदवार क्षेत्र नं. ६ कै छन् । 

क्षेत्र नम्बर ६ मा स्वतन्त्र उम्मेदवारी दिएका राम खत्री र उज्यालो नेपाल पार्टीका बसन्त बुढाथोकी २५ बर्षका हुन् । त्यस्तै मोरङ ५ मा स्वतन्त्र उम्मेदवारी दिएका अमरकुमार यादव र नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवार बनेकी गंगाकुमारी राजवंशी पनि २५ वर्षका छन् ।

मोरङमा ४० वर्ष उमेर मुनिका उम्मेदवार २४ जना रहेको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ । ४० देखि ६० वर्षसम्मका उम्मेदवार ८३ जना छन् । ६० वर्षमाथिका भने १२ जना रहेको जनाइएको छ । 

एमालेबाट ज्येष्ठ उम्मेदवार क्षेत्र नम्बर १ का घनश्याम खतिवडा हुन् । 

खतिवडा ६४ वर्ष पुगेका छन् । क्षेत्र नम्बर ५ का मनोजकुमार अग्रवाल सवैभन्दा कान्छा अर्थात ४७ वर्षीय छन् । कांग्रेसबाट सवैभन्दा कम उमेरका सुनिल शर्मा ४८ वर्षका हुन् ।

रास्वपाबाट क्षेत्र नम्बर ५ की आशा ४२ वर्ष पुगेकी छन् । क्षेत्र नम्बर ६ की रूविना आचार्य सवैभन्दा कम ३१ वर्षीया हुन् । 

नेकपाबाट क्षेत्र नम्बर ४ का उम्मेदवार अमनलाल मोदी सवैभन्दा कम उमेरका हुन् । उनी ४० वर्ष पुगेका छन् ।

राप्रपाबाट सवैभन्दा कम उमेरका उम्मेदवार क्षेत्र नम्बर ६ का सविन निरौला २७ वर्ष पुगेका छन् ।

View : 313

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved