मानवीय सहयोग र वंशीय एकतामा सक्रिय
विराटनगर। धमला वंशजको एकता र सामाजिक सेवाको लक्ष्य लिएर विसं २०७९ मा स्थापित धमला सामाजिक सेवा प्रतिष्ठानले आफ्नो छोटो अवधिमा नै उल्लेखनीय मानवीय र सामाजिक गतिविधिहरू सञ्चालन गरेको छ।
अध्यक्ष डा भेषप्रसाद धमलाको नेतृत्वमा प्रतिष्ठानले वंशीय अनुसन्धानदेखि लिएर विपन्न परिवारलाई आर्थिक सहयोगसम्मका कार्यहरूलाई तीव्रता दिएको छ।
मुख्य मानवीय सहयोग
प्रतिष्ठानले मानवीय संकटका बेला पीडित परिवारहरूलाई सहयोग गरी आफ्नो स्थापनाको उद्देश्य पूरा गरेको छ।
प्रतिष्ठानले झापाको एक परिवारलाई ठूलो राहत प्रदान गर्यो। परिवारको एक सदस्य अर्बुद (क्यान्सर) रोगको कारण विक्षिप्त हुन लागेको अवस्थामा प्रतिष्ठानले उपचारका लागि तत्काल आर्थिक सहयोग उपलब्ध गराई परिवारलाई ठूलो उद्धार गरेको थियो।
आर्थिक रूपमा विपन्न तथा समस्यामा परेका अन्य परिवारहरूलाई समेत समय–समयमा शैक्षिक तथा स्वास्थ्य सहयोग प्रदान गरिएको छ।
सामाजिक र साहित्यिक गतिविधि
वंशावलीको खोजी र समाजका स्रष्टाहरूको सम्मान प्रतिष्ठानको अर्को महत्त्वपूर्ण कार्यसूची हो।
प्रतिष्ठानले गत साउनमा सुनसरीको इटहरीमा ‘स्रष्टा धमला सम्मान’ कार्यक्रम आयोजना गरी धमला वंशजका लेखक, साहित्यकार र अनुसन्धाताहरूलाई उनीहरूको साहित्यिक तथा अनुसन्धानात्मक योगदानका लागि सम्मानित गरेको छ। यसले वंशजका प्रतिभाहरूलाई प्रोत्साहन गर्नुका साथै वंशीय एकता प्रगाढ बनाएको छ।
प्रतिष्ठानले आफ्नो स्थापनाकालदेखि नै धमलाहरूको इतिहास, वंशावली तथा वंशजको पहिचानसम्बन्धी अनुसन्धानलाई निरन्तरता दिएको छ।
प्रतिष्ठानको वर्तमान नेतृत्व
डा भेष प्रसाद धमलाको कुशल नेतृत्वमा प्रतिष्ठानको १३ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा सावित्रा धमला, सचिव महेन्द्र धमला
सहसचिव अम्बिका धमला, कोषाध्यक्ष रोमप्रसाद धमला छन् ।
सदस्यहरुमा तोयानाथ धमला, चित्रकुमार धमला, गीता सापकोटा धमला, चेतकुमारी धमला, पूर्णप्रसाद धमला, बेलाश धमला, कुमारप्रसाद धमला छन् ।
प्रतिष्ठानले आगामी दिनमा आफ्नो कार्यक्षेत्र विस्तार गर्दै शिक्षा, स्वास्थ्य र सामाजिक उत्थानका क्षेत्रमा अझै सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ। स्थापनाको छोटो समयमा नै मानवीय सहायतामा सक्रिय हुनुले धमला सामाजिक सेवा प्रतिष्ठानले समाजमा सकारात्मक प्रभाव पार्न सफल भएको देखिन्छ।
View : 696
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved