सुनसरी । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरुको आगजनीका कारण क्षतविक्षत भएको सुनसरीका स्थानीय तहमध्ये भोक्राहा नरसिंह गाउँपालिकाले बिहीबारबाट सेवा प्रवाह सुरु गरेको छ ।
गाउँपालिकाको भवन पूर्णरुपले क्षति भएपछि कार्यालय परिसरमा रहेको पार्किङस्थलमा टेबल कुर्सी राखेर सेवा प्रवाह सुरु गरिएको अध्यक्ष अजमल अख्तर आजादले जानकारी दिए ।
लामो समयसम्म सेवा प्रवाह नहुँदा सेवाग्राही मर्कामा परेपछि कार्यलयको सम्पूर्ण काम बिहीबारबाट सुचारु गरिएको उनले जानकारी दिए ।
आन्दोलनका क्रममा सुनसरीको अधिकांश स्थानीय तहको कार्यालयमा आगजनी भएको थियो ।
बढी क्षति भएको इटहरीसहित दुहबी, कोशी, रामधुनी लगायतका स्थानीय तहमा सेवा प्रवाह हुन अझै केही दिन लाग्ने ती स्थानीय तहहरुले जनाएका छन् ।
View : 314
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved