Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

सूचकमा दोहोरो अंकको बढोत्तरी, तर साइडवेजबाट उँभो लागेन सेयर बजार

उद्‌घोष संवाददाता
१६ भदौ २०८२, सोमवार

काठमाडौं । सेयर बजार सूचकमा दोहोरो अंकको बढोत्तरीका बाबजुद कारोबार रकम अघिल्लो दिनका तुलनामा घटेको छ । सोमबार नेप्से १२.०३ अंकले बढेर २७६१.८६ को विन्दुमा रहँदा कारोबार रकम ५ अर्ब १० करोड ५७ लाख रुपैयाँ रह्यो ।

२७६८.४ को विन्दुमा खुलेको बजार बढेर २७७३.७ सम्म पुगेको थियो । पछि घटेर २७४२.७७ सम्म पुगेको बजार क्रमिक घटबढ हुँदै २७६५.७८ सम्म उक्लिएको थियो ।

व्यापार र अन्य उपसमूह घटे पनि बढेका ९ उपसमूहले नेप्से परिसूचकमा बढोत्तरी देखिएको हो । वाणिज्य बैंक १.५० प्रतिशतले बढेको छ । १०६ कम्पनीको सेयरमूल्य घट्दा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाका लागनीकर्ता बढी नोक्सानमा रहे । उक्त संस्थाको सेयरमूल्य ७.६८ प्रतिशतले घटेको छ ।

यस्तै विकास हाइड्रोपावर ४.८८ र पियोर इनर्जीको सेयरमूल्यमा ४.७१ प्रतिशतको गिरावट छ । १४३ कम्पनीको सेयरमूल्य बढेको छ ।

बढेकामध्ये हिमस्टार ऊर्जाको ६.०७ र स्ट्याण्डर्ड चार्टर्ड बैंकको ४.०८ प्रतिशतले बढेको छ । सर्वाधिक कारोबार हुने ५ कम्पनीमा नेपाल रिइन्स्योरेन्स पहिलो भएको छ । उक्त कम्पनीको सेयर २८ करोड ८ लाख रुपैयाँको किनबेच भएको छ ।

यस्तै एभरेस्ट बैंकको २४ करोड ४४ लाख, हिमालयन डिष्टिलरीको २१ करोड ८१ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको २० करोड ९५ लाख र कुमारी बैंकको १७ करोड ९५ लाखको कारोबार भएको छ ।

यसअघि आइतबार नेप्से ३१.१७ अंकले घटेर २७४९.८३ को विन्दुमा रहँदा ६ अर्ब ६ करोड १८ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

View : 396

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved