Biratnagar, Morang, Nepal
९ मंसिर २०८१, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीको बहाव ३ लाख क्युसेक माथि

५६ मध्ये ४० ढोका खोलिएको छ- प्रजिअ तिवारी
उद्घोष सम्वाददाता
२२ असार २०८१, शनिवार

विराटनगर । कोशी नदीमा यस वर्ष पानीको सबैभन्दा उच्च बहाव मापन भएको छ । शनिबार साँझ तीन लाख तीन हजार ८६० क्युसेक पानीको बहाव मापन गरिएको हो ।

पानीको बहाव बढ्दो दरमा रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए । उनले कोशीमा यस वर्षको सबैभन्दा उच्च बहाव मापन गरिएको बताए ।

सामान्यता डेढ लाख क्युसेक माथि बहाव भएपछि ब्यारेजमा निगरानी बढाउने गरिएको छ । प्रजिअ तिवारीले कोशी ब्यारेजका ५६ वटा ढोकाहरू मध्ये ४० वटा ढोका अहिले खोलिएको बताए ।

शनिबार बिहानैदेखि कोशी नदीमा पानीको उच्च बहाव भएको जनाइएको छ ।

‘३ लाख क्युसेकमाथि पानीको बहाव रहेको छ, ४० वटा ढोका खोलिएको छ’ प्रजिअ तिवारीले भने, ‘बहाव बढ्दै गएका कारण सतर्कता अपनाउनु पर्ने भएको छ, यो वर्ष अहिलेसम्मको उच्च बहाव मापन  भएको छ ।’

कोशी ब्यारेजमा गत वर्ष साढे ४ लाख क्युसेक माथि बहाव मापन गरिएको थियो । यस वर्ष पहिलो पटक ३ लाख माथि बहाव मापन भएको जनाइएको छ । ब्यारेजमा यातायात साधन नियमित रुपमा सञ्चालनमा रहेका छन् । बहाव बढेका कारण निगरानी भने बढाइएको जनाइएको छ ।

View : 332

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved