विराटनगर । शनिबार अपरान्ह ४ बजेबाट आवागमन बन्द गरिएको कोशी ब्यारेज केहीबेर अघिबाट खुलेको छ । अहिले साइकल, मोटरसाइकल लगायतका हलुका सवारी साधन तथा अत्यावश्यक सेवाका साधनहरु संचालनमा आएका हुन् ।
सप्तकोशीमा पानीको बहावले उच्च खतराको सबै सङ्केत पार गरेका कारण यातायातका साधन संचालनमा रोक लगाइएको थियो ।
आइतबार बिहानसम्म साढे ६ लाख ६१ हजार ५ क्युसेक बहाव मापन भएको थियो । तर अपरान्हसम्म बहाव करीव आधा घटेका कारण ब्यारेजको पुलबाट सवारी आवागमन पूर्ण रुपमा संचालन गर्ने तयारी भइरहेको जनाइएको छ ।
पानी आधा नै घटेपछि सुनसरी प्रशासनले अहिले केहीबेरमै कोशी ब्यारेजको पुलबाट आवतजावत खोल्ने तयारी अघि बढाएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।
‘अबको आधा एक घन्टापछि कोशी पुलबाट आवतजावत खुला हुनेछ’ उनले भने ।
View : 261
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved