Biratnagar, Morang, Nepal
२५ पुष २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
खेलकुद

ब्रिगेड ब्वाईजलाई बेलबारी गोल्डकपको उपाधि

उद्‌घोष सम्वाददाता
५ कार्तिक २०८०, आइतवार

विराटनगर : काठमाडौंको ब्रिगेड ब्वाईज क्लबले बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको छैटौं उपाधि उचालेको छ । ब्रिगेड ब्वाईजले शनिबार भएको फाइनल खेलमा विर्तामोड यूथ क्लब झापालाई ५३ को टाइब्रेकर नजिता निकाल्दै ८ लाख राशी पुरस्कारसहित ट्रफी हात पारेको हो ।

खेलको दोस्रो मिनेटमै विर्तामोडका लागि अभिषेक गुरुङको गोलमार्फत सुनौलो नतिजातर्फ टिमलाई अग्रसर बनाएका थिए । तर खेलको अन्तिम सिठ्ठी बज्दा विर्तामोड विरुद्ध ३१औं मिनेटमै फर्काएको गोलले विर्तामोड बराबरीमा समेटिएको थियो ।

निर्धारित समयमा दुबै टिमबाट एकएक गोलको बराबरी खेलेपछि उपाधिको छिनोफानो टाईब्रेकरले गर्यो । तर विर्तामोडलाई ब्रिगेडका सामू भाग्यले साथ दिएन ।

टाईब्रेकरमा ब्रिगेडका रोशन राना, एन्जल महर्जन, दिपेश आले, अनिश तामाङ र विक्रम लिम्बुको प्रहार गोलमा परिणत भयो । तर विर्तामोडका लागि योगेश गुरुङ, विशाल दर्जी र विक्रम लिम्बुको प्रहारमात्रै सफल भयो ।

निशान तामाङको प्रहारलाई ब्रिगेडका गोलकिपर विशाल सुनारले निकै उत्कृष्ट बचाउ गरेपछि काठमाडौं उपाधि लैजान तयार भयो । सोही बचाउका कारण सुनार उत्कृष्ट गोलकिपर घोषित भएका थिए ।

प्रतियोगितामा ब्रिगेडका जय गुरुङ उत्कृष्ट खेलाडी बने । पदम भट्टराई उत्कृष्ट डिफेन्स र दिपेश आलेले धेरै गोलकर्ता घोषित भए । प्रतियोगितामा विर्तामोडका आशिष चापागाईं उत्कृष्ट फरवार्ड भएका थिए ।

८ टिमले खेलेको उक्त प्रतियोगितामा विर्तामोडले ५ लाख रुपैयाँसहित उपविजेताको ट्रफी लिएर फर्कियो ।

View : 153

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved