Biratnagar, Morang, Nepal
२८ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
शिक्षा

शिक्षादीप कलेजद्वारा शैक्षिक प्रतिष्पर्धा र प्रतियोगिताका विजेताहरू पुरस्कृत

उद्‌घोष सम्वाददाता
९ असोज २०८१, बुधवार

विराटनगर । विराटनगरको शिक्षादीप कलेजले विभिन्न शैक्षिक प्रतिष्पर्धा र प्रतियोगिताहरूमा विजेता बनेका विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ । बुधबार कलेजको सभाहलमा आयोजित कार्यक्रमका अवसरमा उनीहरूलाई पुरस्कार प्रदान गरिएको हो ।

कलेजले ओजोन तहको विनासविरुद्ध सचेतना जगाउँदै विद्यार्थीहरूमा ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले भदौ २६ मा आयोजना गरेको निबन्ध प्रतियोगिताका विजेता बनेका २० जनालाई पुरस्कृत गरिएको जनाइएको छ ।

कलेजको विज्ञान शंकायतर्फ कक्षा ११ र १२ का १५० जना विद्यार्थीहरू सहभागी भएको निबन्ध प्रतियोगिता सिरिन भट्टराई र साम्राग्यी बस्नेत प्रथम भएका छन् ।

त्यसैगरी मोनालिसा यादव, सादिर अहमद हक द्वितीय र सदिच्छा राई तृतीय भएकी हुन् ।

कलेजले निबन्ध प्रतियोगितामा १० औं स्थानसम्म ल्याउने प्रतियोगी विद्यार्थीहरूलाई पुरस्कृत गरिएको जनाइएको छ ।

प्रतियोगितामा सुरज कुमार यादव चौथो, युविका कार्की, सृष्टि मानन्धर र सरस्वती कुमारी चौधरी पाँचौँ, सबृन बेगम छैटौँ, रोज रोय, राशि मेहता र देवयानी यादव सातौँ भए ।

त्यस्तै प्रियन्का झा, ओम प्रकाश चौधरी र मेन्सी साह आठौँ, स्वेच्छा फुयाल, समीर साह र प्रगति अधिकारी नवौँ र निधि दासले दशौं स्थान हासिल गरेको कलेजका संचालक सदस्य रामचन्द्र अधिकारीले जानकारी दिए । 

यसैबीच, कलेजले भदौ महिनामा लिएको एमसीपी परीक्षा अन्तरगत मेडिकल र इन्जिनियरिङतर्फ सहभागी भएका विद्यार्थीहरू मध्ये प्रथम स्थान हासिल गर्ने १२ जनालाई पनि नगदसहित पुरस्कृत गरिएको हो ।

पुरस्कृत हुनेहरूमा इन्जिनियरिङतर्फ आशिष रिजाल, रुशन दाहाल, गौरव भट्टराई, अनन्त भट्टराई तथा मेडिकलतर्फ गौरव सिंह, मोहम्मद सादिक अमिन, पुस्पराज तिम्सिना, जयन्ती मण्डल, नेहारिका ढकाल र सिरिन भट्टराईले प्रथम भएको जनाइएको छ ।

उनीहरूलाई कलेजका प्रिन्सिपल ज्ञान बहादुर खड्का, निर्देशक भुपेन्द्र दाहाल, विज्ञान संकायका एवं निर्देशक नवीन कुमार राय लगायतले पुरस्कृत विद्यार्थीहरूलाई पुरस्कार रकम र प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रिन्सिपल खड्काले हरेक विद्यार्थीले प्रतिष्पर्धामा निरन्तर कोसिस गर्नुपर्ने बताए । उनले सबैको प्रयास राम्रो रहेको र कलेजले विद्यार्थीहरूलाई निरन्तर प्रेरित गर्दै आएको बताए ।

View : 695

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved